Techie IT
२०८२ कार्तिक २३, आइतबार

Hongkong Sixes

हङकङ सिक्सेसमा पराजित हुदै प्रतियोगिताबाट बाहिरियो नेपाल


Photo: CAN

हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल बाउल लिग चरणमै पराजित हुँदै बाहिरिएको छ।

आइतबार भएको खेलमा नेपाललाई संयुक्त अरब इमिरेट्स (यूएई) ले ४३ रनले हराएको हो। यस हारसँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।

१३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाएर ८६ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान सन्दीप जोराले ३१ रन, मोहम्मद आदिल आलमले ३२ रन, रसिद खानले ६ रन, लोकेश बमले ७ रन र बसिर अहमदले ८ रन बनाए।

यूएईका मोहम्मद फारूकले २ विकेट लिए भने निलान्स केश्वानी र साघिर खानले एक–एक विकेट हात पारे। पहिले ब्याटिङ गरेको यूएईले १२९ रनको योगफल तयार गरेको थियो। निलान्स केश्वानीले ५० रनको अर्धशतक प्रहार गरे भने जाहिद अलीले ३०, मोहम्मद फारूकले २४ र मोहम्मद अर्फानले १६ रन जोडे। खालिद साहले ४ र साघिर खानले १ रन योगदान दिए।

नेपालका बलर रसिद खानले २ विकेट लिए भने रूपेश सिंह र लोकेश बमले एक–एक विकेट झारेका थिए । नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि बाउल लिगमा पुगेको थियो। त्यहाँ नेपालले भारतलाई हराउँदै एक जित हात पारेको हो। समग्रमा नेपाल १६ टोली सहभागी प्रतियोगितामा १५औँ स्थानमा रह्यो भने भारत अन्तिम अर्थात् १६औँ स्थानमा सीमित रह्यो।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट