डाबर नेपाल बन्यो सुदूरपश्चिम रोयल्सको ‘एसोसियट पार्टनर’
डाबर नेपाल दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘एसोसियट पार्टनर’ बनेको छ।
सुदूरपश्चिम रोयल्स र डाबर नेपालबीच बुधबार काठमाडौंमा सम्झौता भएको हो। सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र डाबर नेपालका मार्केटिङ प्रमुख अभया गोर्खालीले हस्ताक्षर गरे।
सम्झौता कार्यक्रममा बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ खड्काले डाबरजस्तो प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए।
‘डाबरजस्तो कम्पनी हाम्रो टोलीसँग जोडिएकोमा हामी अत्यन्त खुसी छौं,’ उनले भने, ‘यो सम्झौताले टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास थपेको छ।’
डाबर नेपालका मार्केटिङ प्रमुख गोर्खालीले सुदूरपश्चिम रोयल्ससँगको साझेदारीलाई ‘सुखद् अवसर’ का रूपमा व्याख्या गरेका थिए । ‘डाबर रेड पेस्ट सुदूरपश्चिम रोयल्सको एसोसियट पार्टनर बन्न पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ उनले भने, ‘यो साझेदारीले सर्वाधिक समर्थक भएको टोलीलाई नेपालको नम्बर एक टूथपेस्ट ब्रान्डसँग जोडेको छ।’
उनका अनुसार डाबर हनी र डाबर च्यवनप्राश पनि सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्दै अभियानमा जोडिने छन्।
सुदूरपश्चिम रोयल्सको टोली:
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षक: जगत टमटा



तपाईको प्रतिक्रिया दिनुहोस