आज एनपिएलमा दुई खेल हुँदै
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुनेछन्। गत मंगलबार दुई खेल सम्पन्न भए पनि त्यसयता दैनिक एक खेल मात्र हुँदै आएको थियो। शनिबार भने बिहान ११:१५ बजे पहिलो खेल र दिउँसो ३:३० बजे दोस्रो खेल खेलिने तालिका छ।
पहिलो खेल : कर्णाली याक्स बनाम लुम्बिनी लायन्स
पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। दुवै टोलीले प्रतियोगितामा दोस्रो खेल खेल्दैछन्।
कर्णाली याक्सले पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजय बेहोरेको थियो। त्यस्तै, लुम्बिनी लायन्सले भने चितवन राइनोजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गरेको थियो। लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा छ।
लुम्बिनी लायन्सको टोली :
रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ, रुबेन ट्रम्पलम्यान।
कर्णाली याक्सको टोली :
सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओ'डाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा, नाजिबउल्लाह जद्रान।
दोस्रो खेल : काठमाडौं गोर्खाज बनाम विराटनगर किंग्स
काठमाडौं गोर्खाज र विराटनगर किंग्स शनिबारको दोस्रो खेलमा भिड्नेछन्।
काठमाडौंले पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरे पनि दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। टोलीको नेतृत्व करण केसीले गरिरहेका छन्।
काठमाडौं गोर्खाजको टोली :
करण केसी (कप्तान), मोहम्मद आदिल आलम, शाहब आलम, बेन चार्ल्सवर्थ, गेरहार्ड इरासमस, दीपेश कँडेल, मिलिन्द कुमार, राशिद खान, उत्तम मगर (विकेटकिपर), सन्नी पटेल, भीम शर्की, जोन सिम्पसन (विकेटकिपर), प्रतीक श्रेष्ठ, आकाश त्रिपाठी, तुल बहादुर थापा, रिकार्डो भास्कोनसेलोस (विकेटकिपर), सन्तोष यादव, सोनु देवकोटा।
काठमाडौंलाई राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देशाईले प्रशिक्षण दिइरहेका छन्।
विराटनगर किंग्सले भने प्रतियोगिताको सुरुवात शानदार जितसँग गरेको थियो। उनले मंगलबार पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गर्दै २२० रनको ठूलो स्कोर खडा गरेको थियो। विराटनगर सन्दीप लामिछानेको कप्तानीमा छ।
विराटनगर किंग्सको टोली :
सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने, सूर्य तामाङ।
विराटनगरलाई पनि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दासानायेकेले प्रशिक्षण दिइरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस