Techie IT
२०८३ वैशाख १०, बिहीबार

Nplseason2

एनपिएल: आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदै


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा तीन खेल खेलेको विराटनगर किंग्स हालसम्म अपराजित छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले, दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ५ विकेटले र तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गरेको थियो।

चितवन राइनोजले भने दुई खेल खेलेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरे पनि दो दोस्रो खेलमा लुम्बिनी लायन्ससँग ६ विकेटले हार बेहोरेको थियो।

लगातार तीन जित निकालेको विराटनगर ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ। उता, दुई खेलमात्रै खेलेको चितवन २ अंकसहित पाँचौं स्थानमा रहेको छ।

शीर्ष चारमा रहँदै प्लेअफको सम्भावना जोगाइराख्न चितवनका लागि आजको खेल महत्वपूर्ण हुनेछ। 

चितवन राइनोजको टोलीमा कुशल मल्ल (कप्तान), विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब रहेका छन्।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने हुन्। टोलीमा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ रहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट