Techie IT
२०८२ मंसिर १६, मंगलबार

एनपीएल : आज जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने


काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ। यसमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

लगातार चार खेल हारेर पुछारमा पुगेको जनकपुर आजको खेल जितेर गणितीय रूपमा भए पनि प्लेअफ दौडमा टिकिरहने लक्ष्यमा छ। अर्कोतर्फ चार खेलमध्ये दुई विजयी चितवन प्लेअफ सम्भावना थप बलियो बनाउन मैदानमा उत्रिनेछ।

आजकै दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ। यसमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिन्छ। 

चार खेलमा एक जित मात्र हात पारेको पोखरा आज जीत हासिल गर्न सके प्लेअफको यात्रा सहज हुने अपेक्षा राखिएको छ, भने कर्णाली पनि जित निकाल्दै शीर्ष–४ को दबाब कायम राख्न चाहन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट