Techie IT
२०८२ मंसिर १८, बिहीबार

एनपीएलमा आज दुई खेल हुँदै, प्लेअफ आशा जोगाइराख्न पोखरालाई अनिवार्य जीत्नुपर्ने दबाब


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाजबीच हुनेछ भने अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

पोखराको कप्तानी कुशल भुर्तेलले सम्हालेका छन् भने काठमाण्डुको नेतृत्व करण केसीले गर्ने छन्। त्यस्तै, सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरी र चितवनको नेतृत्व कुशल मल्लले गरेका छन्। आजको खेलमा कुशल–करण र दीपेन्द्र–कुशलबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

पाँच खेलबाट चार अंक मात्र जोडेको पोखरालाई प्लेअफ आशा जोगाइराख्न अनिवार्य जीत आवश्यक छ। काठमाण्डु भने छ खेलबाट आठ अंकसहित सशक्त अवस्थामा छ।

पहिले नै प्लेअफ सुरक्षित गरिसकेको सुदूरपश्चिम आज प्लेअफ प्रवेशका लागि दबाबमा रहेको चितवनसँग भिड्दैछ। सुदूरपश्चिम १० अंकसहित तालिकाको शीर्षस्थानमा छ भने चितवनले पाँच खेलबाट चार अंक जोडेको छ।

एनपीएल दोस्रो सिजनका सबै खेल दिउँसो र राति गरी कीर्तिपुरस्थित त्रिवि मैदानमा सञ्चालन भइरहेको छ। क्यानले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा राख्दै आएको छ। मंसिर १ बाट सुरु भएको लिग मंसिर २७ गतेसम्म चल्नेछ।

एनपीएलमा लिग चरण, तीन प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन्। शनिबारका खेलका लागि टिकट मूल्य साधारण ५०० र प्रिमियम १५०० रुपैयाँ तोकिएको छ। अन्य दिनका लिग खेलमा सामान्य ५०० र प्रिमियम १००० रुपैयाँ पर्नेछ। प्लेअफपछि टिकट मूल्य क्रमशः १००० र २००० रुपैयाँ हुनेछ।

जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले यस सिजन प्रतिस्पर्धा गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट