Techie IT
२०८२ मंसिर २०, शनिबार

आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच निर्णायक भिडन्त हुँदै


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि मैदानमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्वपूर्ण भिडन्त हुँदैछ। 

अपराह्न ४ बजे सुरु हुने खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी प्लेअफ प्रवेशनजिक छ भने आरिफ शेख मार्की खेलाडी रहेको जनकपुर जितका लागि दबाबमा छ। हाल ६ खेलबाट ६ अंकसहित लुम्बिनी चौथो स्थानमा छ । पाँच खेल खेलेको जनकपुर २ अंकसहित पुछारमा रहेकाले आजको जितले मात्र उसको प्लेअफ आशा जोगिनेछ। लुम्बिनी विजयी भएमा प्लेअफमा प्रवेश गर्ने चौथो टिम बन्नेछ भने जनकपुरले जितेपछि अन्तिम नतिजाका लागि अन्य खेल र रनरेट निर्णायक रहनेछ।

यसअघि नै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गुर्खाज र विराटनगर किंग्स प्लेअफमा प्रवेश गरिसकेका छन्। मंसिर १ देखि २७ गतेसम्म चल्ने एनपीएलका सबै खेल दिनरात गरी त्रिवि मैदानमै भइरहेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जानकारी दिएको छ। प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्रीमा रहेको प्रतिस्पर्धामा आठ फ्रेन्चाइज टोली सहभागी छन्। कुल ३२ खेलसमेत रहेको लिगमा शनिबारका खेलमा टिकट मूल्य साधारणतर्फ ५०० र प्रिमियमतर्फ १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लिग खेलमा साधारण ५०० र प्रिमियम १,००० रुपैयाँ लागू हुनेछ भने प्लेअफपछि टिकट दर क्रमशः १,००० र २,००० रुपैयाँ राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट