Techie IT
२०८२ फागुन २०, बुधबार

लिग चरणको अन्तिम खेल आज हुँदै, याक्स र साविक विजेता बोल्ट्स आमनेसामने हुने


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेल आज हुँदैछ।

अपराह्न ३ः३० बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुँदैछन्। दुई टोलीले समान छ खेलबाट दुई–दुई अंक मात्र जोडेकाले प्रतियोगिताबाट पहिल्यै बाहिरिइसकेका छन्। त्यसैले आजको खेल प्रतिष्ठाको लागि मात्र हुनेछ। 

कर्णाली याक्सको नेतृत्व सोमपाल कामी ले गरिरहेका छन् भने जनकपुर बोल्ट्सका मार्की प्लेयर आशिफ शेख हुन्। लगातार निराशाजनक प्रदर्शनपछि जनकपुरले कप्तान परिवर्तन पनि धेरै खेलमा गर्दै आएको छ।

यसअघि सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले क्वालिफायरका लागि स्थान सुरक्षित गरिसकेका छन् भने काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स इलिमिनेटर मा प्रवेश गरिसकेका छन्।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति दुवै समयमा भइरहेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मङ्सिर १ देखि सुरु गरिएको एनपीएल मङ्सिर २७ गतेसम्म चल्नेछ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट