Techie IT
२०८३ असार २५, बिहीबार

सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीको दोस्रो अर्धशतक


सुदूरपश्चिम रोयल्सका प्रारम्भिक ब्याटर विनोद भण्डारीले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो अर्धशतक प्रहार गरेका छन्। आज मंगलबार विराटनगर किंग्सविरुद्ध उनले ४४ बलमा अर्धशतक पूरा गरे। भण्डारीले आफ्नो इनिङ्समा तीन चौका र एक छक्का प्रहार गरे।

यसअघि उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ४९ बलमा ६९ रन बनाउँदै नटआउट रहँदै पहिलो अर्धशतक प्रहार गरेका थिए।

लगातार उत्कृष्ट प्रदर्शनसँगै भण्डारी एनपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन्। दोस्रो अर्धशतक सहित उनका कुल रन २५१ पुगेका छन्।

यो सूचीको शीर्षस्थानमा पोखरा एभेन्जर्सका एडम रोसिङटन रहेका छन्, उनले तीन सय २३ रन बनाएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट