Techie IT
२०८२ माघ १७, शनिबार

आईसीसी एसिया क्षेत्रीय सम्मेलन २०२६ नेपालमा हुने


अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार आगामी वैशाख ३ र ४ गते काठमाडौँमा उक्त सम्मेलन सम्पन्न हुनेछ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेट विकासका रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय तथा भावी दिशाबारे व्यापक छलफल गरिनेछ।

सम्मेलनमा आईसीसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक तथा प्रतिनिधिहरूको सहभागिता रहने क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट