Techie IT
२०८२ चैत्र १९, बिहीबार

कोलम्बोमा ‘महाभिडन्त’: भारत–पाकिस्तान आमनेसामने हुदै


आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको क्रिकेटटिम आमनेसामने हुँदैछन्।

आइतबार बेलुकी ७:१५ बजे श्रीलंकाको प्रेमदासा स्टेडियममा हुने यो खेल विश्व क्रिकेटकै सर्वाधिक प्रतिक्षित प्रतिस्पर्धामध्ये एक मानिन्छ।

सुरुमा पाकिस्तानले भारतविरुद्ध नखेल्ने संकेत गरेको थियो। तर पछि पाकिस्तानी सरकारले अनुमति दिएसँगै दुवै टोलीबीचका खेलहरू श्रीलंकामै आयोजना गर्ने निर्णय भएको हो। पाकिस्तानले सुरक्षाको कारण देखाउँदै भारतमा भने नखेल्ने अडान लिएको थियो।

यसअघि बंगलादेशले पनि भारतमा नखेल्ने निर्णय गरेपछि उसलाई प्रतियोगिताबाट बाहिर राखिएको थियो। बंगलादेशको स्थानमा स्कटल्याण्डले अवसर पाएको छ।

समूह ‘ए’को समीकरण

भारत र पाकिस्तान समूह ‘ए’मा छन्। दुवै टोलीले दुई–दुई खेल खेल्दै शतप्रतिशत नतिजा निकालेका छन् र समान ४–४ अंक जोडेका छन्। भारतले नामिबियालाई ९३ रन र संयुक्त राज्य अमेरिकालाई २९ रनले पराजित गरेको थियो। पाकिस्तानले नेदरल्याण्डलाई ३ विकेट तथा अमेरिकालाई ३२ रनले हराएको छ।

अब पाकिस्तानले नामिबियासँग तथा भारतले नेदरल्याण्डसँग समूह चरणको अन्तिम खेल खेल्नेछ।

समूहका शीर्ष दुई टोली ‘सुपर–८’ मा प्रवेश गर्ने प्रावधान रहेकाले आजको खेलले समूह विजेता तय गर्ने सम्भावना उच्च छ। क्रिकेट प्रेमीका लागि आजको साँझ रोमाञ्चक बन्ने निश्चित छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट