Techie IT
२०८२ फागुन २६, मंगलबार

टी–२० विश्वकप जितेपछि भारतीय टोलीलाई बीसीसीआईको १३१ करोड पुरस्कार


भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईसीसी टी–२० विश्वकप जितेको भारतीय राष्ट्रिय क्रिकेट टोलीका लागि १३१ करोड भारतीय रुपैयाँ पुरस्कार घोषणा गरेको छ।

आइतबार भएको फाइनल खेलमा न्यूजिल्यान्डलाई पराजित गर्दै उपाधि जितेपछि भारतीय टोलीलाई प्रोत्साहनस्वरूप उक्त पुरस्कार दिने निर्णय गरिएको बीसीसीआईले जनाएको छ।

बीसीसीआईले खेलाडीहरू, सपोर्ट स्टाफ तथा चयनकर्ताहरूलाई यस ऐतिहासिक उपलब्धिका लागि बधाईसमेत दिएको छ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै न्यूजिल्यान्डलाई ९६ रनले पराजित गर्दै उपाधि रक्षा गरेको थियो।

यससँगै भारतले लगातार दोस्रो पटक टी–२० विश्वकप जित्दै प्रतियोगिताको इतिहासमा लगातार दुई पटक उपाधि जित्ने पहिलो टोली बन्न सफल भएको छ।

भारतले सन् २००७, २०२४ र २०२६ मा टी–२० विश्वकप जित्दै प्रतियोगिताको इतिहासमा तीन पटक उपाधि जित्ने पहिलो राष्ट्रसमेत बनेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट