Techie IT
२०८२ चैत्र ८, आइतबार

प्रधानमन्त्री कप: बागमतीविरुद्ध चम्किए एपिएफका आसिफ शेख


सशस्त्र प्रहरी बल एपिएफ क्लबका ओपनिङ ब्याट्सम्यान आसिफ शेखले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन शतक प्रहार गरेका छन्।

मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको बागमती टोली विरुद्ध पहिले ब्याटिङ गर्दै आसिफले ८८ बलमा शतक पूरा गरे। अन्ततः उनले ११४ रन बनाएर आउट भए। यस क्रममा आसिफले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।

उनका ओपनिङ पार्टनर दीपक बोहरा ३ रनमा आउट भए भने कप्तान रोहितकुमार पौडेल ले ९ रन मात्र जोड्न सकेका थिए ।

एपिएफका लागि सन्दीप जोरा ले अर्धशतक प्रहार गर्दै ५३ बलमा ५ चौका र ३ छक्काको मद्दतले ५२ रन बनाए। त्यस्तै, सुमित महर्जन १८ रनमा आउट भए भने अमरसिंह रौटेलाल ले मात्र १ रन जोड्न सकेका हुन् ।

यता, तल्लो मुलपानी मैदानमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच खेल भइरहेको छ।

प्रतियोगिता शनिबारदेखि सुरु भए पनि वीरगञ्ज र जनकपुर का खेल वर्षाले रद्द भएका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट