Techie IT
२०८३ भाद्र २६, शुक्रबार

अन्तिम मिनेटको गोलले इटहरी गोल्डकप गछियाको पोल्टामा


सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि युवा समाज गछिया, मोरङले जितेको छ। सोमबार इटहरीस्थित रङ्गशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँलाई १–० गोलअन्तरले पराजित गर्दै गछियाले उपाधि आफ्नो नाममा सुरक्षित गरेको हो।

खेलको ८७औँ मिनेटमा गछियाका दोर्जे तामाङले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बाँकी समयमा दुवै टोलीले थप गोल गर्न नसक्दा तामाङकै गोल उपाधि जिताउने मुख्य आधार बन्यो।

प्रतियोगिता संयोजक अनुरोध थापाका अनुसार विजेता गछियाले उपाधिसँगै रु १० लाख नगद, ट्रफी र मेडल प्राप्त गरेको छ। उपविजेता प्लानिङ ब्वाइज युनाइटेडले रु ५ लाख नगदसहित ट्रफीमा चित्त बुझाएको छ। व्यक्तिगत विधातर्फ उत्कृष्ट डिफेन्डर प्लानिङ ब्वाइजका निङमा घिसिङ, उत्कृष्ट मिडफिल्डर प्रतापसिंह राई र उत्कृष्ट प्रशिक्षक गछियाका अर्जुन बस्नेत घोषित हुँदै जनही रु २० हजार पुरस्कार प्राप्त गरेका छन्।

यसैगरी सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाइजका फागुराम थारूले रु २५ हजार तथा सर्वोत्कृष्ट खेलाडी गछियाका सुजन चौधरीले रु १ लाख नगद पुरस्कार जितेका छन्। गत चैत ३० गतेदेखि राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट