Techie IT
२०८३ वैशाख ८, मंगलबार

IPL2026

तिलकको शतकमा मुम्बईको विस्फोट प्रदर्शन, गुजरात ९९ रनले पराजित


ईनडियन प्रिमियर लिग (आइपिएल) २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा भएको ३०औँ खेलमा २०० रनको लक्ष्य पछ्याएको गुजरात १५.५ ओभरमै १०० रनमा समेटिएको थियो।

गुजरातका कुनै पनि ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्। मुम्बईका बलरहरूको प्रभावशाली प्रदर्शनका कारण गुजरातको ब्याटिङ लाइनअप कमजोर देखिँदै खेल एकपक्षीय बन्न पुग्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९९ रनको बलियो योगफल तयार पारेको थियो। मुम्बईको जितमा तिलक वर्मा नायक बने। उनले आक्रामक ब्याटिङ गर्दै ४५ बलमा अविजित १०१ रनको शतकीय इनिङ खेले।

यो जितसँगै मुम्बईले दुई अंक जोडेको छ। तालिकामा मुम्बई चार अंकसहित सातौँ स्थानमा उक्लिएको छ भने समान खेल खेलेको गुजरात ६ अंकसहित छैटौँ स्थानमा रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट