यूएफसीको बाटोमा नेपाली फाइटर रवीन्द्र ढाँट, फिलिपिन्सका अलिन्टोजोसँग भिडन्त हुदै
नेपालका मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी रवीन्द्र ढाँट यूएफसीको छनोट प्रतियोगिता ‘रोड टु यूएफसी ५’ मा भिड्दै छन् ।
ब्यान्टमवेट विधाअन्तर्गत क्वाटरफाइनलमा पुगेका ढाँटले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजो सँग प्रतिस्पर्धा गर्न लागेका हुन् । प्रतियोगिता चीनको मकाउ मा सुरु भएको छ । यूएफसीमा प्रवेशको ढोका मानिने यस प्रतियोगितामा जित निकाल्दै ढाँट नेपाली एमएमएको इतिहास रच्ने लक्ष्यमा छन् ।
ढाँटको प्रदर्शनलाई नेपाली खेलप्रेमीले विशेष चासोका साथ हेरिरहेका छन् । उनले जित हात पारे यूएफसीतर्फको यात्रा थप बलियो बन्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस