Techie IT
२०८३ जेष्ठ १४, बिहीबार

इतिहास रच्दै ‘बझाङको बाघ’: रोड टु युएफसीको सेमिफाइनलमा रविन्द्रको धमाकेदार प्रवेश


नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का चर्चित स्टार रविन्द्र ढाँटले ऐतिहासिक सफलता हात पारेका छन्। ‘बझाङको बाघ’ उपनामले चिनिने रविन्द्र प्रतिष्ठित 'रोड टु युएफसी' (सिजन ५) को सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज मकाउस्थित ग्यालेक्सी एरेनामा भएको रोमाञ्चक क्वाटरफाइनल भिडन्तमा रविन्द्रले फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेका हुन्। यो जितसँगै उनी 'रोड टु युएफसी' मा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। 

मकाउको एरेनामा उनलाई समर्थन गर्न हजारौँ नेपाली खेलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो। यसअघि रविन्द्रले म्याट्टी इयानसँग खेल्ने तालिका भए पनि इयान घाइते भएपछि फिलिपिन्सका अलिन्टोजोनले उनलाई रिप्लेस गरेका थिए। ब्यान्टमवेट विधामा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले अब फाइनल प्रवेशका लागि जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग सामना गर्नेछन्। यदि यस तौल समूहमा उनी विजेता बनेमा युएफसीको मुख्य स्टेज (मेन इभेन्ट) मा छनोट हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट