Techie IT
२०८३ जेष्ठ २८, बिहीबार

बुटवलमा भोलिदेखि राष्ट्रिय यु-१९ भलिबलको शुरुहुदै, विजेतालाई १ लाख पुरस्कार


बुटवलमा भोलि (बिहीबार) देखि राष्ट्रिय यु–१९ विद्यालयस्तरीय छात्र खुला भलिबल प्रतियोगिता सुरु हुँदैछ। जननेता स्व. मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा “मदन भण्डारी कप यु–१९ राष्ट्रिय छात्र भलिबल प्रतियोगिता २०८३” हुन लागेको हो।

बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । असार १ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेता टोलीले नगद १ लाख रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

यसैगरी, उपविजेताले ५० हजार, तृतीयले ३० हजार र चौथो हुने टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र विधागत उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताका संयोजक राम केसीका अनुसार यसपटक न्यूटन हाई स्कुल (बागमती), पोखरा युनाइटेड एकेडेमी (कास्की), इन्स्पिरेसन स्कुल (झापा), न्यू होराइजन स्कुल (बुटवल), नवलपुर भलिबल एकेडेमी (नवलपुर), दीप बोर्डिङ स्कुल (बुटवल), मणिमुकुन्द कलेज (बुटवल) र मण्डला स्पोर्ट्स एकेडेमी (पाल्पा) गरी जम्मा ८ वटा बलिया टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न करिब ३४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट