Techie IT
२०८३ असार ३, बुधबार

FIFA2026

फिफा विश्वकप २०२६ः चम्किए मेसी, पहिलो ह्याट्रिकसँगै रचे इतिहास


Lionel Messi celebrates scoring his third goal to complete his hat-trick for Argentina against Algeria in Kansas City. Fifa World Cup 2026 , Photograph: Steph Chambers/FIFA/Getty Images

फिफा विश्वकप २०२६ अन्तर्गत साविक विजेता अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो।

अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी एक्लैले ह्याट्रिक गरे। खेलको १७ औं, ६० औं र ७० औं मिनेटमा गोल गर्दै मेसीले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिए।

मेसीको विश्वकप खेल जीवन (करिअर) मा यो पहिलो ह्याट्रिक हो। यस ऐतिहासिक प्रदर्शनसँगै उनले फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानको समेत बराबरी गरेका छन्। मेसीले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको नाममा रहेको १६ गोलको विश्वकीर्तिमान बराबरी गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट