Techie IT
२०८३ भाद्र २६, शुक्रबार

हालान्डको गोलमा नर्वे अन्तिम १६ मा प्रवेश


फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम १६ (नकआउट चरण) मा प्रवेश गरेको छ।

अमेरिकाको डलासस्थित रङ्गशालामा बुधबार भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले उत्कृष्ट प्रदर्शन गर्दै आइभरी कोस्टलाई पराजित गरेको हो। अब क्वार्टरफाइनल प्रवेशका लागि नर्वेले उपाधि दाबेदार ब्राजिलको सामना गर्नेछ।

खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–० ले पछि परेको आइभरी कोस्टले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ७४औँ मिनेटमा अमाद डियाल्लोको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।

खेल बराबरीतर्फ अघि बढिरहेका बेला ८६औँ मिनेटमा स्टार स्ट्राइकर एर्लिङ हालान्डले निर्णायक गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि नर्वे विजयी हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट