विश्वकपमा मेक्सिकोको दबदबा, इक्वेडरलाई हराउँदै अन्तिम १६ मा प्रवेश
इक्वेडरलाई २ - ० गोलअन्तरले पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ (प्रि - क्वार्टरफाइनल) मा प्रवेश गरेको छ।
घरेलु मैदानमा भएको खेलमा मेक्सिकोले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै सहज जित दर्ता गरेको हो।
मेक्सिकोका जुलियन क्विनोनेस ले खेलको २२औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ३१औँ मिनेटमा राउल जिमेनेज ले अर्को गोल थप्दै मेक्सिकोको अग्रता २ - ० मा पुर्याए।
दोस्रो हाफमा इक्वेडरले खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा मेक्सिकोले पहिलो हाफको अग्रता कायम राख्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
अब क्वार्टरफाइनल प्रवेशका लागि मेक्सिकोले इंग्ल्यान्ड र डीआर कंगोबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्ड र डीआर कंगोबीचको खेल आज राति हुनेछ, जसबाट मेक्सिकोको अर्को प्रतिद्वन्द्वी टुंगो लाग्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस