Techie IT
२०८३ असार ३१, बुधबार

एसीसी महिला यु–१९ प्रिमियर कपः जापानलाई ९ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा


एसीसी महिला यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो अपराजित यात्रा कायमै राख्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

आज भएको खेलमा जापानलाई ९ विकेटको भारी अन्तरले स्तब्ध पार्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको हो। टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै जापानलाई मात्र ८६ रनमा अलआउट गरेको थियो। नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २–२ विकेट लिए भने अनु कठायत, मनिषा उपाध्याय र सोनी पाख्रीनले १–१ विकेट बाँडेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले मात्र ११.२ ओभरमा १ विकेट गुमाउँदै ८७ रनको लक्ष्य सहजै पूरा गर्‍यो। नेपालकी ओपनर साना प्रविण १८ रन बनाएर आउट भए पनि सावित्री धामीले आक्रामक ४१ रन र कप्तान सोनी पाख्रीनले १८ रनको योगदान दिँदै टोलीलाई अविजित जित दिलाए। समूह चरणमा यसअघि सिङ्गापुर र हङकङलाई पराजित गरिसकेको नेपालले अब सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट