Golden Boot Race 2026
मेसीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, गोल्डेन बुट कब्जा गर्दै
फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि भएको खेल सकिएसँगै फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाएका छन्। इङ्गल्यान्डविरुद्धको रोमाञ्चक भिडन्तमा दुई गोल थप्दै २७ वर्षीय एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्।
उनले विश्वकप इतिहासमा कुल २२ गोल गर्दै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको २१ गोलको कीर्तिमानलाई भंग गरेका हुन्। एम्बाप्पेले मात्र तीनवटा विश्वकप खेल्दै २२ खेलमा २२ गोलको यो अकल्पनीय आँकडा छोएका हुन्। यसअघि जारी विश्वकपमै उनले फ्रान्सका लिजेन्ड जस्ट फोन्टेन र जर्मनीका मिरोस्लाभ क्लोजको कीर्तिमान समेत तोडिसकेका छन्। इराकविरुद्धको खेलमा दुई गोल गर्दै फ्रान्सका लागि आफ्नो कुल गोल सङ्ख्या ६० पुर्याएका एम्बाप्पेको टोली फ्रान्स सेमिफाइनलबाट बाहिरिए पनि उनले व्यक्तिगत रूपमा ऐतिहासिक सफलता हात पारेका छन्।
गोल्डेन बुटको दौडमा एम्बाप्पे शीर्ष स्थानमा
जारी विश्वकप २०२६ मा १० गोल र ४ असिस्टसहित एम्बाप्पे गोल्डेन बुटको दौडमा पहिलो स्थानमा छन्। उनले हरेक ७० मिनेटमा गोल गर्दै विपक्षी टोलीविरुद्ध कुल ४१ पटक प्रहार गरेका छन्, जसमा उनको सट एक्युरेसी ५६ प्रतिशत र गोल कन्भर्जन २४ प्रतिशत रहेको छ।
त्यस्तै, अर्जेन्टिनाका कप्तान लियोनेल मेसी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा छन्। आइतबार राति स्पेनविरुद्ध हुने फाइनल खेलमा ३९ वर्षीय मेसीलाई एम्बाप्पेको यो संस्करणको १० गोलको कीर्तिमान भेट्टाउने वा उछिन्ने अन्तिम अवसर हुनेछ। मेसीले जारी विश्वकपमा हरेक ७८ मिनेटमा गोल निकालेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस