Techie IT
२०८३ श्रावण २७, बुधबार

दशक लामो प्रेमपछि क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेजले गरे बिहे


पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका तथा मोडल जर्जिना रोड्रिग्वेज वैवाहिक सम्बन्धमा बाँधिएका छन्। उनीहरूले पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेका हुन्। रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमार्फत हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गर्दै शुभचिन्तकहरूलाई यो खुसीको खबर बाँडेका छन्। पोर्चुगाली सञ्चारमाध्यमहरूले यसलाई वर्षकै चर्चित विवाहको रूपमा प्रस्तुत गरेका छन्।

सन् २०१६ मा मड्रिडस्थित गुच्चीको पसलमा काम गरिरहेकी जर्जिना र रियल मड्रिडबाट खेलिरहेका रोनाल्डोबीच पहिलो भेट भएको थियो। एक दशक लामो यस सम्बन्धबाट उनीहरूका पाँच सन्तान छन्। यसअघि उनीहरूले सन् २०२५ को अगस्टमा इन्गेजमेन्ट भएको घोषणा गरेका थिए।

अहिले ४१ वर्षीय रोनाल्डो आफ्नो क्लब अल नासरको २०२६-२७ को साउदी प्रो लिग सिजन सुरु हुनुभन्दा ठीक चार दिनअघि विवाह बन्धनमा बाँधिएका हुन्। हालै सम्पन्न विश्वकपमा छैटौँ पटक सहभागिता जनाएर कीर्तिमान बनाएका रोनाल्डो फुटबल इतिहासमै करिब १,००० गोल नजिक पुग्ने दुर्लभ खेलाडी हुन्। उनी पाँच पटकका बालोन डी’ओर विजेता हुन् भने इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने विश्वकै चर्चित हस्ती हुन्।

३२ वर्षीया जर्जिना रोड्रिग्वेज भने अहिले सफल मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सर) का रूपमा स्थापित छिन्। जर्जिनालाई ठूलो समारोहभन्दा सामान्य र निजी शैली मन पर्ने भएकाले सोहीअनुसार विवाह गरिएको रोनाल्डोले बताएका छन्। विवाह जीवनको कुनै ठूलो परिवर्तन नभई आपसी सम्बन्धको ए aउटा सुन्दर र नयाँ अध्याय मात्र भएको उनीहरूको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट