एसिसी प्रिमियर कप: नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले पहिलो बलिङ गरिरहेको छ। यसअघिका लगातार तीनवटै खेलमा शानदार जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरिसकेको नेपाल आजको खेलमा पनि जित हात पार्दै समूह विजेता बन्ने दाउमा छ।
मलेसियामा जारी प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले हराएको नेपालले, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेट र तेस्रो खेलमा पुनः बहराइनलाई नै ५ विकेटले पराजित गर्दै एक खेल अगावै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ।
समूह ‘ए’ मा रहेको नेपाल लगातार तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम छ।



तपाईको प्रतिक्रिया दिनुहोस