धनगढीको पार्कमोड–क्याम्पस रोड अब जेनजी मार्ग

कैलालीको धनगढी उपमहानगरपालिका–१ मा रहेको सडकलाई जेनजी आन्दोलन र जेनजी शहीदहरूको सम्मानमा जेनजी मार्ग नाम दिइएको छ। सो सडक पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोडसम्म फैलिएको छ।
नेपालमा सत्ता नै उलटफेर गर्नेगरी भएको जेनजी आन्दोलन सफल भएको अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सडकको नाम जेनजी मार्ग राख्ने घोषणा गरेका थिए।
नगर प्रमुख हमालको घोषणापछि जेनजीहरूकै पहलमा वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरका अनुसार सडकमा “जेनजी मार्ग” लेखिएको बोर्ड विभिन्न स्थानमा राखिएको छ। वडा अध्यक्ष ऐरले भने, नगर प्रमुखको घोषणाअनुसार सडकको नामकरणको प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिनेछ।
तपाईको प्रतिक्रिया दिनुहोस