Techie IT
२०८२ कार्तिक २, आइतबार

सिलदेवी महोत्सवमा बझाङका पर्यटकीय स्थलका तस्बिरहरू प्रदर्शन


बझाङ – सोमबारबाट सुरु भएको प्रथम बझाङ कृषि, पर्यटन, व्यापार तथा सिलदेवी मेला महोत्सवमा बझाङका विभिन्न तस्बिरहरू प्रदर्शन गरिएको छ।

पत्रकार भूमिराज पिठातोलीले खिचेका तस्बिरहरू बझाङ चिनाउने अभियानअन्तर्गत थर्ड पोल मिडियाले प्रदर्शन गरेको हो।

प्रदर्शनीमा खप्तड राष्ट्रिय निकुञ्ज, साइपाल हिमाल र यसको आधार शिविर क्षेत्र, विभिन्न पालिकाका परम्परागत गाउँहरू, पाथिभेरा हिमाल, भोपूर दरबार, हात्तीसार दरबार, अपी तथा साइपाल हिमाल एउटै फ्रेममा देखिएका दृश्यहरू लगायत पर्यटकीय, पुरातात्विक, धार्मिक र ऐतिहासिक सम्पदाका तस्बिरहरू राखिएका छन्।

पत्रकार पिठातोलीले पहिलो दिन उद्घाटन समारोहकै दिनमा सयौँ दर्शकले तस्बिर अवलोकन गरेको जानकारी दिएका छन् । आज सम्म २५ हजार जति दर्शकहरुले अवलोकन गरि सकारात्मक प्रतिक्रिया दिएको पिठातोलीले बताए । उनले यस प्रकारको प्रदर्शनले बझाङ चिनाउने अभियानमा ठूलो योगदान र पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट