Techie IT
२०८२ कार्तिक ४, मंगलबार

धानको समर्थन मूल्य कार्यान्वयन नगर्ने व्यापारी कारवाहीको दायरामा ल्याइनेः मुख्यमन्त्री शाह


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीहरूले कार्यान्वयन नगरेको पाइए कारवाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्।

किसानहरूले सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न नसकेको गुनासो आएपछि मुख्यमन्त्री शाहले कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी तत्काल अनुगमन गर्न निर्देशन दिएका हुन्।

शाहले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरूले नमान्दा किसानहरू मर्कामा परेको भन्दै त्यसमा कडाइका साथ निगरानी र कारवाही गर्न निर्देशन दिएका हुन्।

उनले किसानले सरकारले निर्धारण गरेको मूल्यअनुसारै धान बिक्री गर्न पाउनुपर्नेमा जोड दिए।

यसअघि, २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी लम्सालले सार्वजनिक सूचना जारी गरी मोटो धानको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ दशमलव ८१ रुपैयाँ र मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६२८ दशमलव ३३ रुपैयाँ निर्धारण गरिएको जानकारी दिएका थिए।

सोही सूचनामा उनले सरकारले तोकेको मूल्यमा धान खरिद–बिक्री गर्न र सरकारी निर्णय कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरेका थिए।

प्रमुख जिल्ला अधिकारी लम्सालले छठ पर्व सकिएलगत्तै कैलालीका सबै स्थानीय तहमा अनुगमन गर्ने बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट