Techie IT
२०८३ असार २९, सोमबार

गोदावरी खोलामा फसेका ३६ वर्षीय युवक सुरक्षित उद्धार


कैलालीको गोदावरी नगरपालिका–४ स्थित गोदावरी खोलाको बीचभागमा फसेका एक युवकको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोलीले सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बर्दगोरिया गाउँपालिका–१ निवासी ३६ वर्षीय अपिल मल्ल आइतबार साँझ करिब ५:१० बजे साथीहरूसँग वनभोजका लागि गोदावरी खोलामा पुगेका थिए। वनभोज सकेर फर्कने क्रममा उनी खोलाको बीचभागमा रहेको टापुमा फसेका थिए।

घटनाबारे जानकारी प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त विपद् उद्धार टोली घटनास्थलमा परिचालन गरिएको थियो।

संयुक्त टोलीले मल्लको सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट