Techie IT
२०८२ जेष्ठ २, शुक्रबार

पाटनमा प्रचण्डको भव्य स्वागत, जनताले गरे उत्साहजनक अभिनन्दन


बैतडी । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बैतडीको पाटन नगरपालिकाले स्वागत तथा अभिनन्दन गरेको छ ।

‘जनातासँग माओवादीः मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग)जनजागरण अभियान’ शुभाम्भ गर्न यहाँ पुग्नुभएका पूर्वप्रधानमन्त्री दाहाल लगायतलाई स्वागत तथा अभिनन्दन गरिएको पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले जानकारी दिएका छन् ।  

आजै दिउँसो यहाँको पाटनमा विशेष कार्यक्रमको आयोजना गर्दै अध्यक्ष दाहालले उक्त जनजागरण अभियानको शुभारम्भ गर्नेछन् ।

यो अभियानको नेतृत्व अध्यक्ष दाहाल स्वयंले  गर्नुहुनेछ । अभियानमा भाग लिन पार्टीका अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ, सुदूरपश्चिम प्रदेशका इञ्चार्ज गिरिराजमणि पोखरेललगायत नेताहरू यहाँ आइपुगेका छन् ।

यसअघि हुलाकी राजमार्ग केन्द्रित तराईमूलक अभियान सम्पन्न गरेको माओवादी केन्द्रले अब मध्यपहाडी लोकमार्गमार्फत भूगोलसँगै जनसम्पर्क विस्तार गर्ने जनाएको छ ।  

अभियानले विभिन्न जिल्लामा कार्यकर्ता भेला, जनसभा र विकासको आवश्यकतासम्बन्धी छलफल गर्नेछ । यसले सङ्गठन सुदृढीकरण, जनसम्पर्क विस्तार र आगामी राजनीतिक एजेन्डा प्रस्तुत गर्ने अवसरका रूपमा लिएको छ । अभियान जेठ १० गते कास्की पोखरामा समापन हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट