Techie IT
२०८३ असोज २९, बिहीबार

थाई सेनाद्वारा कम्बोडियामा हवाई आक्रमण, एकको मृत्यु, तीन घाइते


थाइल्याण्डको सेनाले कम्बोडियामा रहेका दुई सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको पुष्टि गरेको छ । थाई सेनाले दिएको जानकारीअनुसार, कम्बोडियाली सुरक्षाकर्मीले गोली चलाउँदा एक नागरिकको मृत्यु हुनुका साथै तीन जना घाइते भएपछि उक्त कारबाही गरिएको हो ।

बैंकक पोष्टको अनलाइन संस्करणअनुसार थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले भने, “हामीले पूर्व निर्धारित योजना अनुसार कम्बोडियाको सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौं ।”

सीमामा चर्किएको तनावकै बीच कम्बोडियाली सुरक्षाकर्मीहरूले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तस्थित एक सैन्य बेसमा गोली प्रहार गरेको समाचारमा उल्लेख गरिएको छ । रिपोर्ट अनुसार, बिहानसम्म कम्तीमा छ स्थानमा तनाव फैलिएको जनाइएको छ ।

कम्बोडियाली पक्षले पनि थाइल्याण्डको हवाई आक्रमणको पुष्टि गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डले कम्बोडियाली सैनिक अड्डालाई निशाना बनाउँदै हवाई आक्रमण गरेको स्पष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट