Techie IT
२०८२ श्रावण २०, मंगलबार

इरानको आणविक कार्यक्रमलाई पाकिस्तानको समर्थन


इरानले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमको विषयमा पाकिस्तानको समर्थन पाएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शान्तिपूर्ण उद्देश्यका लागि इरानको आणविक क्षमता विकास गर्ने अधिकारको समर्थन गर्ने स्पष्ट अभिव्यक्ति दिएका छन्।

सरिफले उक्त भनाइ इरानी राष्ट्रपति मसूद पेजेस्कियानसँगको भेटपछि दिएका हुन्। राष्ट्रपति पेजेस्कियान दुई दिने पाकिस्तान भ्रमणमा शनिबार इस्लामाबाद आएका थिए। भ्रमणको क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री, विदेशमन्त्री लगायत उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए।

इरानका लागि पाकिस्तानको समर्थन विशेष महत्वको मानिएको छ। इजरायल र अमेरिका विगतदेखि नै इरानको आणविक कार्यक्रममाथि गम्भीर शंका व्यक्त गर्दै आएका छन्। पछिल्लो समय इजरायलले इरानका आणविक केन्द्रहरूमा आक्रमणसमेत गरेको थियो। यसैक्रममा इरान र इजरायलबीच १२ दिनसम्म सैन्य झडप भएको थियो।

यस्तो संवेदनशील पृष्ठभूमिमा प्रधानमन्त्री सरिफको समर्थनपूर्ण अभिव्यक्तिलाई अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आलोचना गर्ने सम्भावना रहेको बताइएको छ।

पाकिस्तानी पत्रिका डनका अनुसार, प्रधानमन्त्री सरिफ र राष्ट्रपति पेजेस्कियानबीच आइतबार विभिन्न द्विपक्षीय सहमति भएका छन्। दुवै देशले १० अर्ब अमेरिकी डलरको व्यापार लक्ष्यलाई साकार पार्ने उद्देश्यले सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेका हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट