Techie IT
२०८३ श्रावण ९, शनिबार

दिल्लीमा पार्किङ विवादका बीच अभिनेत्री हुमा कुरैशीका भाइको हत्या


बलिउड अभिनेत्री हुमा कुरैशीका काकाका छोराको दिल्लीमा हत्या भएको छ। पार्किङ सम्बन्धी विवादका कारण भएको झगडामा उनको ज्यान गएको बताइएको छ।

दिल्ली प्रहरीका अनुसार घटना साउन २३ गते (अगस्ट ७) बिहीबार राति निजामुद्दीनको जंगपुरा भोगल लेनमा भएको हो। मृतकको नाम आसिफ कुरैशी रहेको छ। ‘आजतक’का अनुसार, राति गेटबाट स्कुटर हटाएर साइडमा पार्क गर्ने क्रममा विवाद सुरु भएको थियो।

विवाद चर्किँदै जाँदा आरोपितहरूले आसिफमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते आसिफलाई तत्काल अस्पताल पुर्याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए ।

प्रहरीले यस घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट