Techie IT
२०८२ भाद्र २४, मंगलबार

अमेरिकी कर वृद्धिका बाबजुद डोभाल–पुटिन भेटवार्ता


भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालले मस्को भ्रमणका क्रममा बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग क्रेमलिनमा भेटवार्ता गरेका छन्। सुरक्षा, आर्थिक र ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय वार्ताका लागि भएको उक्त भेटमा भारत–रूस सम्बन्धलाई ‘धेरै विशेष’ भन्दै दुई देशबीच लामो समयदेखिको रणनीतिक साझेदारीमा जोड दिइएको छ।

डोभालले भने, “हाम्रो सम्बन्ध निकै विशेष र पुरानो छ। हामी हाम्रो रणनीतिक साझेदारीलाई ठूलो महत्त्व दिन्छौं। राष्ट्रपति पुटिनको भारत भ्रमणको मिति लगभग तय भइसकेको छ।”

रूसी समाचार एजेन्सी टासले पनि पुटिनको यस वर्षको अन्तिम साता भारत भ्रमण गर्ने सम्भावनाको जानकारी दिएको छ। 

डोभालले रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगको भेटमा पनि “अब हाम्रो सम्बन्ध धेरै विशेष भएको छ, जसलाई हामी महत्व दिन्छौं। हाम्रा देशहरूबीच बलियो साझेदारी छ र हामी उच्च तहमा अन्तरक्रिया गर्छौं” बताएका थिए।

पछिल्लो पटक पुटिन भारत भ्रमणमा ६ डिसेम्बर २०२१ मा आएका थिए। त्यस यात्रामा भारत–रुसबीच २८ वटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा सैन्य र प्राविधिक सम्झौताहरू समावेश थिए। दुवै देशले सन् २०२५ सम्म वार्षिक ३० अर्ब डलर व्यापार गर्ने लक्ष्य राखेका थिए।

फेब्रुअरी २०२२ मा सुरु भएको युक्रेन युद्धपछि पुटिनको यो पहिलो भारत भ्रमण हुनेछ, जसले २०३० का लागि नयाँ आर्थिक रोडम्यापलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

भारत र रूसले आफ्नो द्विपक्षीय व्यापार दोब्बर गरी वार्षिक १०० अर्ब डलरभन्दा बढी पुर्‍याउने सहमति गरेका छन्। हाल उनीहरूबीच करिब ६० अर्ब डलरको व्यापार भइरहेको छ।

यस भ्रमणलाई विशेष महत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका टिप्पणीका कारण पनि दिइएको छ। ट्रम्पले रूसबाट तेल किनेको आधारमा भारतमा क्रमशः २५ र ५० प्रतिशत कर लगाएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट