बलात्कारको झुटो मुद्दा हाल्ने महिलालाई २० बर्षको जेल सजायँ

राजस्थानको अलवरमा एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै २० वर्षको जेल सजाय सुनाइएको छ ।
महिलाले आफ्नै भतिजामाथि बलात्कारको आरोप लगाएकी थिइन् । प्रहरी अनुसन्धानमा यी दुईबीच ६ महिनामा ८ सय ३२ पटक फोनमा कुराकानी भएको पाइएको छ ।
अनि ती महिला आफैंले भतिजालाई घरमा बोलाउँथिन् । सबै आरोप झूटो पाए पछि अदालतले महिलालाई पोक्सो ऐन अन्तर्गत दोषी ठहर गरेको हो। न्यायाधीश हिमाकणी गौरले आफ्नो फैसलामा काकीको हैसियत आमाको बराबर भएको र महिलाको यो कार्य लाजमर्दो भएको बताइन् ।
तपाईको प्रतिक्रिया दिनुहोस