Techie IT
२०८२ असोज ३, शुक्रबार

महिलाले लेखेका पुस्तकहरू विश्वविद्यालयमा प्रतिबन्ध


अफगानिस्तानमा तालिबान सरकारले नयाँ प्रतिबन्धअनुसार महिलाले लेखेका पुस्तकहरू विश्वविद्यालयहरूबाट हटाएको छ।

बीबीसीका अनुसार सो आदेशले मानव अधिकार र यौन उत्पीडनजस्ता विषयहरूको पढाइमा पनि रोक लगाएको छ।

तालिबानले कुल ६८० पुस्तकमा प्रतिबन्ध लगाएको छ, जसमा करिब १४० पुस्तक महिलाले लेखेका छन्। यसमा ‘रासायनिक प्रयोगशालामा सुरक्षा’जस्ता शैक्षिक पुस्तक पनि समावेश छन्।

तालिबानका अनुसार यी पुस्तकहरू उनको नीति र शरीयत विरोधी हुन्। अधिकारीहरूले बताएका छन् कि ‘शरीयाका सिद्धान्त र प्रणालीअनुसार नभएका’ १८ विषय विश्वविद्यालयहरूमा पढाइ नहुने आदेश दिइएको छ।

विशेषज्ञहरूले यो कदमलाई तालिबानले विगत चार वर्षमा लगाएका प्रतिबन्धहरूको निरन्तरता भएको टिप्पणी गरेका छन्।

यस हप्तासम्म, तालिबानका सर्वोच्च नेताको आदेशमा कम्तीमा १० प्रान्तमा फाइबर-अप्टिक इन्टरनेटमा पनि प्रतिबन्ध लगाइएको छ। तालिबानी अधिकारीहरूले यस कदमको उद्देश्य ‘अनैतिक सामग्रीको पहुँच रोक्नु’ रहेको दाबी गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट