सिटबेल्ट नलगाएपछि भारतीय प्रधानमन्त्री मोदीको सामाजिक सञ्जालमा आलोचना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गाडीमा सिटबेल्ट नलगाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना फैलिएको छ।
बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँग ग्लोबल फिनटेक फेस्टमा सहभागी हुन जाँदै गरेको क्रममा मोदीले सामाजिक सञ्जालमा ‘India–UK friendship is on the move and is filled with great vigour!’ भन्दै तस्बिर सार्वजनिक गरेका थिए।
उक्त तस्बिरमा प्रधानमन्त्री मोदी सिटबेल्ट बिना अगाडिको सिटमा बसेको देखिन्छ, जबकि सँगै रहेका बेलायती प्रधानमन्त्री स्टार्मरले सिटबेल्ट लगाएका छन्।
तस्बिर सार्वजनिक भएपछि प्रयोगकर्ताहरूले सुरक्षा मापदण्डको अवहेलना गरेको भन्दै मोदीमाथि व्यंग्य र आलोचना गरेका छन्।
तपाईको प्रतिक्रिया दिनुहोस