Techie IT
२०८२ कार्तिक ३, सोमबार

युद्धविराममा फर्किने इजरायली सेनाको घोषणा


तेल अवीव — इजरायली सेना (आईडीएफ)ले गाजामा युद्धविराममा फर्किने घोषणा गरेको छ।

आइतबार आईडीएफले हमासले युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाउँदै गाजामा हवाई हमला गरेको थियो।
आईडीएफका अनुसार आतङ्ककारीहरूले रफाह क्षेत्रमा आफ्ना सेनामाथि एन्टी–ट्याङ्क मिसाइल प्रहार गरेको र गोली चलाएको बताएको छ ।
सो आक्रमणमा दुई जना इजरायली सैनिकको मृत्यु भएको बताइएको छ। हमासले भने इजरायली–नियन्त्रित क्षेत्रमा कुनै पनि झडप नभएको दाबी गरेको छ। उसले आफू युद्धविराममा प्रतिबद्ध रहेको बताउँदै उल्टै इजरायलमाथि सम्झौता उल्लङ्घनको आरोप लगाएको छ।

हमासका प्रवक्ताले भने, ‘यी आक्रमणहरूले परिस्थितिलाई पूर्ण रूपमा बिगार्न सक्छन्।’ आईडीएफले आइतबार साँझ गाजाभर हमासका लुकेका स्थानहरूमा आक्रमण गरेको जनाएको छ। ती आक्रमणमा कम्तीमा ४४ जनाको मृत्यु भएको अस्पताल स्रोतहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट