Techie IT
२०८२ कार्तिक १६, आइतबार

बेलायतमा रेलभित्र छुरा प्रहार, ९ जना गम्भीर घाइते


बेलायतमा रेलभित्र यात्रुहरूमाथि गरिएको छुरा प्रहारमा कम्तीमा ९ जना गम्भीर रूपमा घाइते भएका छन्। शनिबार राति भएको यस घटनालाई बेलायती प्रधानमन्त्री कियर स्टार्मरले “अत्यन्तै चिन्ताजनक” भन्दै निन्दा गरेका छन्।

यो घटना बेलायतको उत्तरी सहर डनकास्टरबाट लन्डनको किंग्सक्रसतर्फ जाँदै गरेको रेलभित्र भएको हो। प्रहरीले दिएको जानकारीअनुसार घाइतेमध्ये १० जनालाई उपचारका लागि नजिकैका अस्पताल पठाइएको छ।

प्रत्यक्षदर्शीका अनुसार, एक व्यक्तिले ठूलो चक्कु बोकेर यात्रुहरूमाथि आक्रमण गरेको थियो। अलजजिराले उद्धृत गरेको प्रत्यक्षदर्शीको भनाइअनुसार, “एउटा मान्छे ठूलो चक्कु बोकेर आएको थियो। म वासरुममा लुकेँ। वरिपरि रगतै रगत थियो।”

बेलायती सञ्चारमाध्यम दि टाइम्स का अनुसार, आक्रमणकारीले एकपछि अर्को गर्दै यात्रुहरूलाई लक्ष्य बनाउँदै आक्रमण गरेका थिए।

प्रहरीले आक्रमणको कारण र आक्रमणकारीको परिचय सार्वजनिक गरेको छैन भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट