Techie IT
२०८३ असार २७, शनिबार

ट्रम्पद्वारा दक्षिण अफ्रिकाको जी–२० सम्मेलन बहिष्कारको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकामा स्वेत अफ्रिकीहरूको ‘हत्या’ भइरहेको दाबी गर्दै त्यहाँ हुने जी–२० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी उपस्थित नहुने घोषणा गरेका छन्। दक्षिण अफ्रिकाले ट्रम्पको टिप्पणीलाई ‘खेदजनक’ भन्दै खण्डन गरेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “जी–२० दक्षिण अफ्रिकामा आयोजना हुनु पूर्ण रूपमा लज्जाको विषय हो। यी मानवअधिकार उल्लङ्घनहरू जारी रहेसम्म कुनै पनि अमेरिकी सरकारी अधिकारी सहभागी हुने छैनन्। दक्षिण अफ्रिकामा युरोपबाट आप्रवासन गरेका श्वेत अफ्रिकीहरूको हत्या गरिएको र उनीहरूको जग्गा तथा खेत अवैध रूपमा जफत गरिएको छ।”

यसअघि उपराष्ट्रपति जेडी भान्स सम्मेलनमा अमेरिकी प्रतिनिधित्व गर्ने तय भएको थियो, तर ट्रम्पले यसलाई परिवर्तन गर्दै अमेरिकी प्रतिनिधिहरूलाई पूर्ण रूपमा बहिष्कार गर्ने निर्देशन दिएका छन्।

दक्षिण अफ्रिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “अफ्रिकीहरूलाई विशेष रूपमा गोरा समूहको देशको रूपमा चित्रण गर्नु ऐतिहासिक सन्दर्भमा गलत छ र यस समुदायले सतावट भोगिरहेको दाबी तथ्यले प्रमाणित गर्दैन। हाम्रो देश जी–२० सम्मेलनमार्फत एकता, समानता र दिगोपनमा केन्द्रित हुनेछ।”

ट्रम्पले यसअघि पनि दक्षिण अफ्रिकालाई धेरै विषयमा कठोर व्यवहार गरेको आरोप लगाएका थिए। उनले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाविरुद्ध रङ्गभेदपछिको सरकारले गोरा किसानहरू विरुद्ध अभियान चलाएको आरोप लगाएका थिए।

यसैबिच ट्रम्प प्रशासनले दक्षिण अफ्रिकाबाट आयात हुने सामानमा ३० प्रतिशत कर लगाएको छ, जुन उप–सहारा अफ्रिकामा सबैभन्दा उच्च कर हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट