Techie IT
२०८२ माघ २८, बुधबार

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु


गाजाको उत्तर र मध्य क्षेत्रमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ। हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले शनिबार आवासीय क्षेत्रसहित पाँच स्थानमा आक्रमण भएको जानकारी दिएका छन्। मृतकमध्ये हमासका एक वरिष्ठ कमान्डर पनि रहेको स्थानीय स्रोतहरूले बताएका छन्।

इजरायली रक्षा बल (आईडीएफ) ले भने गाजामा शनिबार भएको एक घटनासँग सम्बन्धित स्थानलाई निशाना बनाइएको दाबी गरेको छ। आईडीएफका अनुसार एक सशस्त्र व्यक्तिले गाजापट्टीको पहेँलो रेखा पार गर्दै इजरायलमा प्रवेश गरेर सैनिकमाथि गोली प्रहार गरेको थियो।

हमासले भने सो आरोप अस्वीकार गरेको छ। दुवै पक्षले करिब छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एक–अर्कामाथि लगाइरहेका छन्। युद्धविराम लागू भएपछि इजरायली आक्रमणमा परी ३१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट