Techie IT
२०८३ असोज १६, शुक्रबार

कैलालीमा च्याउ टिप्न गएका ४० वर्षीय चौधरीको बाघको आक्रमणबाट मृत्यु


सांकेतिक

कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने ४० वर्षीय कृष्ण चौधरीको बाघको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चौमालाले जनाएको छ।

प्रहरीका अनुसार चौधरी शुक्रबार बिहान करिब ५:०० बजेतिर च्याउ टिप्न स्थानीय भैरव महिला सामुदायिक वनमा गएका थिए। सोही क्रममा उनलाई बाघले आक्रमण गरेको हो।

घटनाबारे बिहान ८:०५ बजे प्रहरीमा जानकारी प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमान्डमा खटिएको चार जनाको टोली बिहान ८:४५ बजे नै घटनास्थल पुगेको थियो। प्रहरी चौकी चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्ने उक्त घटनास्थलबारे अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट