मोरङको लेटाङमा मोटरसाइकल दुर्घटना
मोरङको लेटाङ नगरपालिका–९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शुक्रबार राति जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे ४ प ७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक झापाको घेराबारीका २७ वर्षीय कुमार नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका २५ वर्षीय सन्देश नेपालीको मृत्यु भएको छ। गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबार र न्युरो अस्पताल, विराटनगर पठाइएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसैगरी, दुर्घटनामा परी मोरङको पथरीशनिश्चरे नगरपालिका–८ का ३२ वर्षीय अमर नेपाली घाइते भएका छन्। उनको हाल विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस