Techie IT
२०८३ असोज २१, बुधबार

अमेरिकाले यी १९ देशका नागरिकको ग्रीन कार्ड पुनः जाँच गर्ने


अमेरिकाले विगतमा १९ देशका नागरिकलाई जारी गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने निर्णय गरेको छ।

अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेज (USCIS) का प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकलाई प्रदान गरिएका ग्रीन कार्ड कडाइका साथ पुनः परीक्षण गर्न निर्देश दिएका छन्।

बीबीसीका अनुसार पुनः जाँच सूचीमा रहेका देशहरूमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, भेनेजुएला, बर्मा, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, लिबिया, सुडान, यमन, बुरुन्डी, लाओस, सियेरा लियोन, तुर्कमेनिस्तान र तोगो छन्।

यो निर्णय हालै वाशिंगटन डीसीमा भएको गोलीकाण्डपछि आएको बताइन्छ। उक्त घटनामा एक अफगान नागरिकले दुई जना नेशनल गार्डमाथि गोली चलाएको आरोप छ, जसमा एक गार्डको मृत्यु भएको थियो।

पक्राउ परेका रहमानुल्लाह लकनवाल २०२१ मा विशेष आप्रवासन कार्यक्रममार्फत अमेरिकामा पुगेका थिए। यो कार्यक्रम अमेरिकी सेना अफगानिस्तानबाट फिर्तिएपछि जोखिममा परेका अफगान नागरिकलाई संरक्षण प्रदान गर्न सुरु गरिएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट