Techie IT
२०८३ असार २५, बिहीबार

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ प्योङयाङसँग माफी माग्न तयार


Image: South Korea’s new President Lee Jae-myung

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले आफ्ना पूर्ववर्तीले निर्देशित सीमापार उत्तेजनात्मक गतिविधिका लागि उत्तर कोरियासँग माफी माग्ने विषयमा गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले गत महिना पूर्वराष्ट्रपति युन सुक - योलमाथि अभियोग लगाइएको घटनापछि आफूले यस्तो कदम आवश्यक ठानेको बताए। अभियोजकहरूको दाबी अनुसार युनले उत्तर कोरियातर्फ प्रचार–पर्चा बोकेका ड्रोन पठाउन आदेश दिएका थिए, जसको उद्देश्य राजनीतिक फाइदा लिन तनाव बढाउनु थियो।

यी टिप्पणीहरू सियोलले युनको असफल मार्शल–कानुन घोषणाको वार्षिकोत्सव मनाइरहेका बेला आएका हुन्। यो कदम पनि राजनीतिक लाभका लागि लिइएको मानिएको थियो, जसले दक्षिण कोरियामा गम्भीर राजनीतिक संकट निम्त्याएको थियो।

ली राष्ट्रपति बनेपछि प्योङयाङसँग संवाद र कूटनीतिक खुलापनका पक्षमा रहेका छन्। तर उनका पहलहरूलाई उत्तर कोरियाली नेता किम जोङ–उनले अहिलेसम्म जवाफ नदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

उत्तर कोरियाले युनको सरकारले २०२४ को अक्टोबरमा तीन पटक प्योङयाङमाथि प्रचार–पर्चा खसाल्ने उद्देश्यले ड्रोन पठाएको आरोप लगाएको थियो। अल–जजिराले उद्धृत गरे अनुसार सो अवधिमा सेनाले पनि सीमापार प्रचार–पर्चा बोकेका बेलुन उडाएको उल्लेख गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट