Techie IT
२०८२ पौष २०, आइतबार

भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण, राष्ट्रपतिद्वारा राष्ट्रिय संकटकाल घोषणा


भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय संकटकाल घोषणा गरेका छन्। भेनेजुएला सरकारले अमेरिकाले आफ्नो भूभागमा गम्भीर सैन्य आक्रमण गरेको आरोप लगाएपछि उक्त कदम चालिएको हो।

सरकारले जारी गरेको आधिकारिक विज्ञप्तिमा राजधानी काराकासमा भएका हवाई आक्रमणहरू भेनेजुएलाको तेल, खनिजलगायत रणनीतिक प्राकृतिक स्रोतहरू कब्जा गर्ने उद्देश्यले गरिएको दाबी गरिएको छ। अमेरिकी कदमलाई ‘अत्यन्त गम्भीर सैन्य आक्रामकता’ को संज्ञा दिँदै सरकारले त्यसको कडा शब्दमा निन्दा र भत्सर्ना गरेको छ।

राष्ट्रपति मादुरोले ‘बाह्य अशान्ति’ को अवस्थालाई मध्यनजर गर्दै विशेष आदेशमा हस्ताक्षर गरी संकटकाल तत्काल लागू गर्न निर्देशन दिएका छन्। साथै, आवश्यक समय र परिस्थितिमा सबै राष्ट्रिय रक्षा योजनाहरू कार्यान्वयन गर्न सेनालाई तयारी अवस्थामा रहन आदेश समेत दिएका छन्।

भेनेजुएलाले अन्तर्राष्ट्रिय समुदायसमक्ष अमेरिकाको कदमले राष्ट्रको राजनीतिक स्वतन्त्रता र सार्वभौमिकतामाथि जबरजस्ती प्रहार गर्न खोजेको आरोप लगाएको छ।

सरकारले देशका सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई परिचालन योजना सक्रिय बनाउन र यसलाई ‘साम्राज्यवादी आक्रमण’ भन्दै एकजुट भएर प्रतिकार गर्न आह्वान गरेको छ। मादुरो प्रशासनका अनुसार अमेरिकाले भेनेजुएलाको प्राकृतिक स्रोतमाथि आँखा गाडेर यो आक्रमण गरेको हो।

हाल भेनेजुएलाभर सुरक्षा सतर्कता उच्च पारिएको छ भने घटनासम्बन्धी थप विवरणहरू सार्वजनिक हुने क्रम जारी रहेको सरकारी स्रोतले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट