आकाशियो सुनको मूल्य, कतिमा हुँदै छ कारोवार ?
स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु १,५०० ले र चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेको हो।
आज छापावाल सुन प्रतितोला रु २,९४,८०० र चाँदी प्रतितोला रु ४,४५० पुगेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला रु २,९३,३०० र चाँदी प्रतितोला रु ४,४२५ मा कारोबार भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस