Techie IT
२०८२ फागुन २७, बुधबार

मादुरो दम्पती अमेरिकी अदालतमा पेस हुँदै, छोराले अमेरिकालाई भने तिमिहरु गद्धार हौं


भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई सोमबार अमेरिकी अदालतमा पेस गरिँदै छ। यही क्रममा लागुऔषध तस्करीको आरोप खेपिरहेका उनका छोरा निकोलस मादुरो गुएराले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन्।

अमेरिकी सरकारको अभियोगपत्रमा ‘द प्रिन्स’ उपनाम दिइएका गुएरा हाल अमेरिकी सेनाको नियन्त्रणमा भने छैनन्। बुवा पक्राउ परेको विषयमा टिप्पणी गर्दै उनले आफूहरू भेनेजुएलाको सडकमा देखिने चेतावनी दिएका छन्। भिडियो सन्देशमा उनले भनेका छन्, “तिमीहरूले हामीलाई भेनेजुएलाका सडकहरूमा देख्नेछौ। गद्दारको थियो भन्ने कुरा इतिहासले बताउनेछ।” अमेरिकाले गुएराविरुद्ध पनि लागुऔषध तस्करीसम्बन्धी अभियोग लगाएको छ।

यसैबीच, शनिबार बिहानै अमेरिकाले भेनेजुएलामा गरेको सैनिक कारबाहीमा कति मानिस हताहत भए भन्ने यकिन विवरण अझै सार्वजनिक भएको छैन। तर आक्रमणको भोलिपल्ट स्थानीय बासिन्दाहरूले ठुलो विनाशको सामना गर्नुपरेको छ। रोयटर्सका अनुसार राजधानी काराकास नजिकैको क्याटियाला मार सहरमा थुप्रै घर ध्वस्त भएका छन् भने धेरै घरमा गम्भीर क्षति पुगेको छ।

स्थानीय बासिन्दा जोनाथन मलोरा र एन्जल अल्भारेजले शनिबार विस्फोटको ठुलो आवाजले आफूहरू निद्राबाट ब्युँझिएको बताएका छन्। आक्रमणबाट जोगिएका ट्याक्सी चालक मलोराले आफ्ना छोराछोरी जोगिनुलाई भाग्यको खेल मानेका छन्। “यो नितान्त भाग्य हो कि उनीहरूले मेरा बच्चाहरूलाई मारेनन्,” उनले भने। अर्का स्थानीय अल्भारेजले विस्फोटको आवाज सुन्दा के गर्ने भन्ने भेउ नै नपाएको बताएका छन्। “हामी चमत्कारले मात्र बाँचेका छौँ,” उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट