Techie IT
२०८३ असार २३, मंगलबार

रुस–चीनको प्रभाव रोक्न ग्रिनल्यान्ड अमेरिकाकै हुनुपर्छ : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न ग्रिनल्यान्ड अमेरिकाको स्वामित्वमा हुनुपर्ने बताएका छन्। बीबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले सुरक्षा सुनिश्चित गर्न स्वामित्व नै आवश्यक रहेको जिकिर गरेका हुन्।

‘भाडामा लिएर सुरक्षा हुँदैन, स्वामित्व चाहिन्छ,’ ट्रम्पले भने। उनले यसका लागि सजिलो वा कठिन दुवै उपाय अपनाउन सकिने चेतावनीसमेत दिएका छन्।

तर, डेनमार्क र ग्रिनल्यान्ड दुवैले उक्त भू–भाग बिक्रीमा नरहेको स्पष्ट पारेका छन्। डेनमार्कले यदि सैन्य बल प्रयोग गरिए ट्रान्स–अटलान्टिक सुरक्षा गठबन्धन नै संकटमा पर्न सक्ने चेतावनी दिएको छ।

रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण ग्रिनल्यान्ड आर्कटिक क्षेत्रमा अवस्थित छ, जहाँ अमेरिकाको पहिलेदेखि नै सैन्य उपस्थिति छ। युरोपेली नाटो सदस्य राष्ट्रहरूले पनि ग्रिनल्यान्डको सार्वभौमिकता र सीमा अखण्डताको सम्मान गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट