Techie IT
२०८२ माघ २, शुक्रबार

गाजामा युद्ध अन्त्य गर्न ट्रम्पको पहल: ‘गाजा शान्ति परिषद्’ गठनको घोषणा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने उद्देश्यसहित ‘गाजा शान्ति परिषद्’ गठन गर्ने घोषणा गरेका छन्। यो परिषद् प्यालेस्टिनी क्षेत्रमा शान्ति स्थापना गर्न अमेरिकी योजनाअन्तर्गत बनाइएको निकाय हो।

सामाजिक सञ्जाल ट्रुथ मार्फत ट्रम्पले परिषद् गठन भएको घोषणा गर्नु ठूलो सम्मानको विषय भएको उल्लेख गर्दै यसको सदस्यहरूको सूची चाँडै सार्वजनिक गरिने बताएका छन्। उनले यस परिषद्लाई “सबैभन्दा ठूलो र सबैभन्दा प्रतिष्ठित” परिषद् भन्दै वर्णनसमेत गरेका छन्।

शान्ति परिषद्का प्रमुखको हैसियतमा ट्रम्पले नयाँ नियुक्त प्यालेस्टिनी प्राविधिक समिति तथा संक्रमणकालीन अवधिमा गाजाको प्रशासन सम्हाल्ने राष्ट्रिय समितिलाई समर्थन गरिएको स्पष्ट पारेका छन्। उनले प्यालेस्टिनी नेताहरू शान्तिपूर्ण भविष्यका लागि दृढ प्रतिबद्ध रहेको दाबी पनि गरेका छन्।

युद्धपछिको चरणमा गाजाको व्यवस्थापन गर्न १५ सदस्यीय प्यालेस्टिनी प्राविधिक समिति गठन भएको केही समयपछि नै गाजा शान्ति परिषद् गठनको घोषणा आएको हो।

अमेरिका समर्थित गाजा शान्ति योजना गत अक्टोबर १० देखि लागू भएको हो। उक्त योजनामा अन्तर्राष्ट्रिय बलको तैनाथी तथा प्यालेस्टिनी प्रहरी एकाइहरूको प्रशिक्षणसम्बन्धी प्रावधान समावेश गरिएको छ।

अमेरिकी मध्यपूर्वका दूत स्टिभ विटकोफका अनुसार बुधबारदेखि लागू भएको योजनाको दोस्रो चरण गाजा पट्टीको पुनर्निर्माणमा केन्द्रित रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट